काठमाडौं । नेकपा एमालेका नेता गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय सभालाई राष्ट्रिय समावेशी सभा र प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचित मात्रको सभा बनाउनु पर्ने बताएका छन् ।
मंगलवार सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै बाँस्कोटाले यस्तो बताएका हुन् । उनले यो भन्दा अग्रगामी कदम अरू नहुने समेत बताएका छन् ।
उनले संघीयता खारेज भयो भने खतमै हुने बताइरहेको भन्दै शक्तिशाली स्थानीय तह भएपछि जिल्ला समन्वय समिति र प्रदेश नचाहिने बताए ।
उनले लेखेका छन्-'एकदुई संघीयताका फण्डीते पण्डीतका गुनासो सुनियो-यो गयो भने खतमै हुन्छ रे ! तर शक्तीशाली स्थानीय तह भएपछि जिल्ला समन्वय समिति र प्रदेश किन चाहियो ? बरु राष्ट्रिय सभामा केही सीट थपेर राष्ट्रिय समावेसी सभा बनाऔ र प्रतिनीधिसभालाइ प्रत्यक्ष निर्वाचित मात्रको बनाऔ।अग्रगामी कदम नै यही हो।'