काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । सोमबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक पार्टी मुख्यालय सानेपामा मंगलबार दिउँसो १ बजे बैठक बस्न लागेको हो ।
भातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिने, विभाग गठन लगायत विविध एजेन्डामा पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा छलफल हुने कार्यसूची छ ।
सोमबारको बैठकमा स्थानीय निर्वाचन परिचालन समिति र प्रचारप्रसार समितिको प्रतिवेदन पेस गरिएको छ। त्यस्तै, बैठकको पहिलो दिन सातवटै प्रदेशका पार्टी सभापतिले आ–आफ्नो क्षेत्रको रिपोर्टिङ गर्नुका साथै धारणा राखेका थिए।
केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि ७ मिनेटको समय छुट्टाइएको छ। बैठक केही दिनसम्म चल्ने बताइएको छ।
बैठकमा गठबन्धन लगायतका विभिन्न विषयमा पनि छलफल हुने र आगामी निर्वाचनलाई लक्षित गरेर पार्टी परिचालन लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।
Leave a Reply