Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गठबन्धनका अन्य दलले घात गरे : कांग्रेस

काठमाडौं । कांग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले स्थानीय तहको निर्वाचनमा गठबन्धनका दलहरूले घात गरेको बताएका छन् ।

सोमबार केन्द्रीय समितिको बैठकमा चुनावी समीक्षा गर्दै उनले मधेश प्रदेशमा गठबन्धनका दलहरूले धोका दिएको बताएका हुन्।

माओवादी केन्द्र, नेकपा एस र जसपाले चुनावमा कांग्रेसले धोका दिएको आरोप लगाइरहेका बेला यादवले भने यादवले भने कांग्रेसलाई अन्य दलले धोका दिएको बताएका हुन् ।

मधेस प्रदेशका ८ जिल्लामध्ये ४ जिल्लामा कांग्रेसलले जिसस बनाएको छ। तर, जिससको निर्वाचनमा गठबन्धनका अन्य दलले एमालेलाई सघाएर धोका दिएको उनको भनाइ थियो ।

त्यस्तै वाग्मती प्रदेशका सभापति इन्द्र बानियाले गठबन्धनले सफलता पाएको र कांग्रेसको स्थिति सुधार भएको रिपोर्टिङ गरेका छन्। तर, उनले दलबाहिरको गठबन्धनलाई जोड दिएर पार्टीभित्रको एकता खलबलाउन नहुने बताए।

पार्टीभित्रको एकता खलबलाएर अन्य दलसँग गठबन्धन गर्ने हो भने त्यसले कांग्रेसको हित नगर्ने उनको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077