Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

एलन मस्कले ट्वीटर कम्पनी खरिद नगर्ने

एजेन्सी । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले ट्वीटर कम्पनी खरिद नगर्ने घोषणा गरेका छन् ।

मस्कले ट्वीटरलाई एक पत्र पठाउँदै ४४ अर्ब डलरमा ट्वीटर खरिद गर्ने सम्झौता भंग गरेको घोषणा गरेका हुन् । उक्त पत्रमा खरिद सम्झौताका विभिन्न प्रावधानहरू उल्लंघन भएको पनि दाबी गरिएको छ ।

शुक्रबार मस्कको टिमले ट्वीटरलाई लेखेको पत्रमा ट्वीटरले सम्झौता विभिन्न प्रावधानहरूको भौतिक उल्लंघन गरेको हुँदा खरिद सम्झौताबाट पछि हट्ने निर्णय गरिएको दाबी गरिएको छ ।

मस्कले ट्वीटरमा रहेका फेक अकाउन्टहरूको बारेमा प्रष्ट जानकारी माग गरेको तर ट्वीटरले त्यो उपलब्ध नगराएको विषयलाई सम्झौता भंग गर्ने प्रमुख आधार मानिएको छ । केही समयअघि एलन मस्कले ट्वीटरमा २० प्रतिशत फेक तथा स्पाम अकाउन्ट भएको दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077