Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • एलन मस्कले ट्वीटर कम्पनी खरिद नगर्ने

    एलन मस्कले ट्वीटर कम्पनी खरिद नगर्ने

    अनलाइन नेपाल
  • सोमबार, २७ असार २०७९
  • 924
    SHARES

    एजेन्सी । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले ट्वीटर कम्पनी खरिद नगर्ने घोषणा गरेका छन् ।

    मस्कले ट्वीटरलाई एक पत्र पठाउँदै ४४ अर्ब डलरमा ट्वीटर खरिद गर्ने सम्झौता भंग गरेको घोषणा गरेका हुन् । उक्त पत्रमा खरिद सम्झौताका विभिन्न प्रावधानहरू उल्लंघन भएको पनि दाबी गरिएको छ ।



    शुक्रबार मस्कको टिमले ट्वीटरलाई लेखेको पत्रमा ट्वीटरले सम्झौता विभिन्न प्रावधानहरूको भौतिक उल्लंघन गरेको हुँदा खरिद सम्झौताबाट पछि हट्ने निर्णय गरिएको दाबी गरिएको छ ।



    मस्कले ट्वीटरमा रहेका फेक अकाउन्टहरूको बारेमा प्रष्ट जानकारी माग गरेको तर ट्वीटरले त्यो उपलब्ध नगराएको विषयलाई सम्झौता भंग गर्ने प्रमुख आधार मानिएको छ । केही समयअघि एलन मस्कले ट्वीटरमा २० प्रतिशत फेक तथा स्पाम अकाउन्ट भएको दाबी गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार