धनगढी । बजेटमाथि छलफल गर्न सोमबार ११ बजे बोलाइएको सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगीत भएको छ ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरुबीच प्रदेशसभाको बैठक सञ्चालन सम्बन्धमा सहमती नजुटेपछि दिउँसो ३ बजेसम्मका लागि स्थगीत गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
सत्तारुढ दल र प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुले बजेट संशोधन गर्न आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावल र मुख्यमन्त्री त्रिलोचन भट्टको प्रतिबद्धतापछि मात्र छलफल सम्भव भएको बताएका छन् ।
सुदूरपश्चिममा सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुले असार १ गते आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले अगामी आर्थिक वर्षका लागि ल्याएको बजेट संशोधनको आवाज जोडदार रुपमा उठाएपछि अहिलेसम्म प्रदेशसभाको बैठक बस्न सकेको छैन ।
Leave a Reply