Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

काँग्रेसको पदाधिकारी बैठक सुरु

काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । पार्टीका उपसभापति पूर्णबहादुर खड्को संयोजनमा बैठक बसिरहेको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

उनका अनुसार भोलि बस्ने केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा र भ्रातृ तथा शुभेच्छुक संस्थाका सन्दर्भमा पार्टी कार्यालय सानेपामा छलफल भइरहेको छ ।

उनले भने, ‘कार्यव्यस्तताका कारण सभापतिज्यू आजको बैठकमा पनि सहभागी हुनुहुन्न । उपसभापति पूर्णबहादुर खड्काको संयोजनमा बैठक भइरहेको छ।’ बैठकमा संस्थापन पक्षमा नेताहरु मात्र सहभागी छन् ।

तर शेखर कोइराला समूह उनको निजी सचिवालयमा आन्तरिक छलफलमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077