Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेस पदाधिकारी बैठक बस्दै, भ्रातृ संस्थाको विधानबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । भ्रातृ संस्थाको विधानलाई अन्तिम रुप दिन बैठक दिउँसो १ बजे बस्न लागेको हो ।

पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाहरुको विधान प्रतिवेदन तयार पार्न नेपाली कांग्रेसले एनपी साउदको नेतृत्वमो समिति बनाएको थियो ।

सो समितिले बुझाएको विधानलाई अन्तिम रुप दिने विषयमा उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको पदाधिकारी बैठकमा छलफल हुँदै आएको छ । नेविसंघ र दलित संघको विधान टुंगो लागिसके पनि अन्यको बाँकी छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलका अनुसार यो बैठक पार्टी उपसभापति खड्का नेतृत्वको बैठकको निरन्तरता हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077