Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौं उपत्यकाको सुरक्षा ब्यवस्था केन्द्र मातहत रहने

काठमाडौं । काठमाडौं उपत्यको सुरक्षा व्यवस्था केन्द्र मातहत नै रहने भएको छ । तर केन्द्रले प्रदेश प्रहरीको समन्वयमा काम गर्नुपर्ने छ ।

नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरीवेक्षण र सम्बन्ध ऐन २०७६ ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्दै संशोधन सहित पारित गरेको हो ।

विधेयकको प्रस्ताव तयार पार्दा नै काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा नेपाल प्रहरीकै मातहत रहने व्यवस्था थियो । बैठकमा उपत्यकाको सुरक्षाका सन्दर्भमा आएको संशोधन प्रस्तावमा प्रदेश प्रहरीसँगको समन्वय रहने गरी बुँदा थप गरेर पास गर्ने गरी सहमति भएको हो ।

संशोधनका लागि ल्याइएको विधेयकको दफा १० मा उपत्यकामा प्रदेश प्रहरीको काम, कर्तव्य र अधिकारको प्रयोग तथा प्रदेश प्रहरीले अनुसन्धान गर्ने कसुरको अनुसन्धानसमेत नेपाल प्रहरीले गर्ने समेत उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077