Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

काठमाडौंमा दिउँसै चोरी गर्दै हिड्ने गिरोह पक्राउ

काठमाडौं । उपत्यकाभित्र दिनको समयमा मानिसहरू घरमा नभएको मौका पारेर चोरी गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई विभिन्‍न स्थानबाट चोरी गरेको आरोपमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका-१६ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-१० बस्‍दै आएका ४७ वर्षीय अमितबहादुर श्रेष्ठ, नुवाकोटको विदुर नगरपालिका गेर्खु घर भई हाल फर्पिङ बस्‍ने ४३ वर्षीय बुद्धविर तामाङ, रामेछापको शैलुङ दोरम्बा गाउँपालिका-४ स्थायी घर भई हाल काठमाडौं महानगरकालि-४ बस्‍ने १९ वर्षीय निरज थापा मगर रहेका छन् ।

यस्तै रामेछापको शैलुङ दोरम्बा गाउँपालिका-४ घर भइ हाल काठमाडौं महानगरपालिका-४ बस्‍ने २० वर्षीय विशाल थापा मगर र बागलुङ नगरपालिका(७ घर भई हाल काठमाडौं महानगरपालिका-४ बस्‍दै आएका ३० वर्षीय सचिन विश्‍वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुको साथबाट प्रहरीले १७ थान विभिन्न कम्पनीका मोबाइल, ३ थान सिक्री, २ थान ब्रासलेट, ७ थान औठी, २ थान लकेट, १ थान पहेलो सुनको सिक्री, ८९ हजार नगद र २२० सीसीको निलो पल्सर बाइकसमेत बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि थप कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077