काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनले मओवादीको तर्फबाट तत्काल कोही पनि अर्थमन्त्री नबन्ने बताएका छन् ।
जनार्दश शर्माले अर्थ मन्त्रालयबाट राजीनामा दिएपछि माओवादी वा कांग्रेसले अर्को नेतालाई अर्थ मन्त्रालयमा पठाउन सक्ने अपेक्षा गरिएका बेला नेता पुनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
बुधबार संसद् बैठकपछि बाहिर निस्किएर नेता पुनले यस्तो प्रतिक्रिया दिएका थिए । साथै छानबिनबाट निर्दोष सावित भएपछि जनार्दन शर्मा नै अर्थमन्त्रीको रुपमा जाने पनि पुनको भनाइ थियो ।
साथै अर्थमन्त्री शर्माले उच्च नैतिकता देखाएर राजीनामा दिएको पुनको भनाइ थियो । यद्यपि प्रश्न उठेपछि शर्माले राजीनामा दिनु अनिवार्य भएको उनले बताए ।