Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विजेतालाई लगाइदिएको ‘नेपहपको श्रीपेच’बौद्ध धर्मगुरुलाई

काठमाडौं । र्‍याप ब्याटल टिभी रियालिटी शो ‘नेपहपको श्रीपेच’ का विजेताको मुकुट फिर्ता गरिएको छ ।

काठमाडौंका मेयर तथा ‘नेपहपको श्रीपेच’का एक निर्णायक बालेन्द्र साहले बौद्ध धर्मगुरुलाई उक्त मुकुट हस्तान्तरण गरेका हुन् ।

रियालिटी शोको शनिवार आयोजित फाइनलमा मेयर साहले विजेता भाइबर साइमनलाई पञ्चबुद्धको आकृतिसहितको मुकुट लगाइदिएका थिए ।

मुकुटको विषयमा विवाद बढेपछि निर्णायक बालेन साह र विजेता भाइबर साइमनले लाई मुकुट फिर्ता गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077