Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेस पदाधिकारी बैठकमा सभापति देउवा उपस्थित नहुने

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्न लागेको हो । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

तर बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा भने उपस्थित नहुने जनाइएको छ । आजको बैठक नेतृत्व पार्टीका उपसभापति पूर्णबहादुर खड्काले गर्ने पार्टीले जनाएको छ ।

समय व्यस्तताका कारण सभापति देउवा पदाधिकारी बैठकमा उपस्थित हुन नसक्ने जनाइएको छ । बैठकमा पार्टीको भातृ संगठनका बारेमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077