Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • धनगढी उपमहानगरको नगरसभामा तनाव, हात हालाहालको अवस्था सिर्जना

    धनगढी उपमहानगरको नगरसभामा तनाव, हात हालाहालको अवस्था सिर्जना

    अनलाइन नेपाल
  • सोमबार, २० असार २०७९
  • 1.3K
    SHARES

    कैलाली । धनगढी उपमहानगरपालिकाको आठौं नगर सभाको तेस्रो बैठकमा विवाद उत्पन्न भएको छ । सोमबार दिउँसो २ बजे नगर प्रमुख गोपाल हमालले मन्तव्य राखेसँगै बैठक सुरू भएको थियो ।

    तर बैठकमा उपमेयर कन्दकला रानाले आफूसँग सल्लाह नगरेरै बजेट पुस्तिका प्रकाशन गरेको भन्दै विरोध जनाएपछि विवाद उत्पन्न भएको हो ।



    उपमेयर रानाले सभामै आफूसँग मेयर गोपाल हमालले समन्वय नगरेको गुनासो गरेकी थिइन्। तर, हमालले भने बजेट निर्माणमा उपमेयरको पनि भूमिका रहेको स्मरण गराएका थिए ।



    यस्तै कर्मचारीले पनि आफूलाई हेप्ने गरेको उपमेयर रानाको गुनासो छ। रानाले नगरसभा नचल्न दिने चेतावनी दिएकी छन्। उनको चेतावनीपछि एमाले र माओवादीबाट निर्वाचित नगरसभा सदस्यहरुले कुर्सी फालाफाल गरेका थिए ।

    त्यसैबीच हात हालाहालको अवस्था आउन नदिन सदस्यहरूले एक(अर्कालाई आग्रह गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार