Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तत्कालीन नेकपा सचिवालयका बहुमत सदस्यबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । तत्कालीन (नेकपा) का बहुमत सचिवालय सदस्यहरूबीच आइतबार भेटवार्ता भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम र माओवादीका नेता नारायणकाजी श्रेष्ठकाबीच भेटवार्ता भएको हो । यी सबै नेता तत्कालीन नेकपाको सचिवालयमा थिए ।

भेटमा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेससँगको गठबन्धन लगायतका विषयमा छलफल भएको बताइएको छ ।

छलफललाई निरन्तरता दिने समेत समझदारी भएको छ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक गौतमले कम्युनिष्ट पार्टीका नेताहरुसँग भेटघाट तीव्र पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077