Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साताको पहिलो दिन दोहोरो अंकले बढ्यो सेयर बजार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आइतबार ५७.६१ प्रतिशतले बढेको बजार २०८६.३८ बिन्दुमा पुगेर रोकिएको हो ।

शुक्रबार बजार घटेर बन्द भएको थियो । पछिल्लो केही दिनयता कारोबार रकम समेत बढिरहेको छ । शुक्रबारजस्तै आइतबार कारोबार रकम समेत साढे २ अर्ब पुगेको छ । आइतबार कुल २३१ वटा कम्पनीको ४५ हजार १२० वटा कारोबारबाट ६२ लाख २७ हजार ६ सय ९२ कित्ता सेयर किनबेच भएको छ ।

यसबाट २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९९९ रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार कारोबारमा आएका सबै उपसमूहमा हरियाली देखियो । व्यापार र जलविद्युत् उपसमुहका लगानीकर्ताले धेरै कमाए । आइतबार ६ वटा कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो ।

साल्ट ट्रेडिङ कर्पोरेशन, हिमालय पावर पार्टनर, माथिल्लो तामाकोशी, सान्जेज जलविद्युत्, नेष्डो समृद्धि लघुवित्त र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । रसुवागढी हाइड्रो, मध्यभोटेकोशी, कर्पोरेट डेभलपमेन्ट बैंकसहितको मूल्य समेत सर्किट लेबलमा बढेको छ । आइतबार बीओके डिभेन्चर, ङ्याग्दी ग्रुप पावरको मूल्य धेरै घटेको छ । यस दिन ङ्याग्दी ग्रुपको सबैभन्दा धेरै कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077