Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पाँचथर पहिरो अपडेट : हराइरहेका तीनमध्ये दुई जनाको शव फेला, एकको खोजी कार्य जारी

पाँचथर । पाँचथरको फालेलुङ गाउँपाकिा–७ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीनजना मध्ये दुईको शव फेला परेको छ । शुक्रबार राति साढे १० बजे पहिरोले घर र गोठ पुर्दा एकै परिवारका ३ जना बेपत्ता भएका थिए ।

प्रहरीका अनुसार पहिरोमा पुरिएका मध्ये दुई जनाको शव फेला परेको हो । यद्यपि उनीहरूको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । बेपत्ता भएकामध्ये अर्का एकको खोजी कार्य जारी छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार स्थानीय ७१ वर्षिय दल प्रसाद मगरको घर गएराती पहिरोले बगाएको हो । मगरलाई तत्काल प्रहरीले सकुशल उद्धार गरेको थियो।

पहिरोले घर बगाउँदा उनका ४२ वर्षिय छोरा रूपलाल मगर, बुहारी ३८ वर्षिय गोमा मगर र उनको १९ वर्षिय भतिजी एलिसा मगर बेपत्ता भएका थिए। स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले बेपत्ताहरूको खोजी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077