Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इलाममा जिप दुर्घटना हुँदा १३ जना घाइते

इलाम । इलाम नगरपालिका-१ मिलगोलाईमा सवारी दुर्घटना हुँदा १३ जना  घाइते भएका छन्। ताप्लेजुङको थुम्बेदिनबाट झापातर्फ गइरहेको को १ ज ३३२९ नम्बरको जिप दुर्घटना हुँदा १३ यात्रु घाइते भएका हुन् ।

अनियन्त्रित भई सवारी राजमार्गबाट करिब २ सय मिटर तल पुवाखोला नजिकै झरेको हो । गाडीमा सवार १० महिनाकी बालिकासहित चालक र सबै यात्रु घाइते भएका छन् ।

घाइते हुनेमा गाडी चालक इलाम नगरपालिका-२ सुम्बेकका चुडामणि घिमिरेसहित ताप्लेजुङ पाथिभरा याङबरक गाउँपालिका-५ का २१ वर्षीय अनीशा तामाङ, सोही गाउँपालिका-५ का २४ वर्षीय लोकेन्द्र शिलवाल, ताप्लेजुङ फुङ्लिङ नगरपालिका ६ बस्ने ३० वर्षीय नीमा खतिवडा तामाङ छन् ।

चालक घिमिरेसहित डिवन, मञ्जिला र जीतबहादुरको टाउकोमा चोट लागेको छ । ओरालो र हुस्सुका कारण घुम्तीमा गोलाइ घुमाउन नसक्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077