Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द गर्नुपर्छ : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द हुनुपर्ने बताएका छन् ।

रिपोर्टस् क्लबले विहीबार आयोजना गरेको कार्यक्रममा नेता रावलले आम एसपीपीको विषय चर्चामा रहेकै बेला रोही राष्ट्रको भ्रमणमा जान नहुने बताएका हुन् ।

‘गठबन्धन सरकारले स्टेट पार्टनरसीप प्रोग्राम बाहिर अगाडी बढाउँदैनौं भनेपनि भित्रभित्रै षड्यन्त्र त गरिरहेका छैनन्, यसमा सबै चनाखो हुनुपर्छ,’ रावलले भने, ‘मन्त्रिपरीषद्ले जुन निर्णय गरिएको भनिएको छ, अब अमेरिकाको राज्य साझेदारी कार्यक्रममा समावेश नहुने भनेर । ती सम्पुर्ण कागजपत्र नेपाली जनतालाई जानकारी गराइयोस् र प्रधानमन्त्रीको हुने भनिएको अमेरिक भ्रमण तुरुन्त रद्द गरिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077