Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • पहिरोले सिद्धार्थ राजमार्ग र तानसेन–तम्घास सडक बन्द

    पहिरोले सिद्धार्थ राजमार्ग र तानसेन–तम्घास सडक बन्द

    अनलाइन नेपाल
  • बुधबार, १५ असार २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । पहिरोका कारण सिद्धार्थ राजमार्ग र तानसेन–तम्घास सडक बन्द भएको छ ।

    सिद्धार्थ राजमार्गका धेरै ठाउँमा पहिरो खसेको र पाल्पा, स्याङ्जामा चल्ने गाडी चल्न नसकेको ट्राफिक प्रहरीले जनाएको छ ।



    बुटवल–तानसेन खण्डमा सिद्धबाबा, गौडेपुल, चर्चरे, पानीमिललगायतका ठाउँमा पहिरो खसेको छ । त्यस्तै पाल्पाको सदरमुकाम तानसेन हुँदै गुल्मीको तम्घास खण्डमा पनि गाडी चल्न सकेका छैनन् ।



    हिजो बेलुकादेखि परेको पानीले पहिरो खसेको हो । रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, बाग्लुङलगायतका जिल्लामा निरन्तर पानी परेको छ ।

    पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीको भनाइ छ । पहिरो पन्छाउने प्रयास रहेपनि वर्षाले समस्या भएको ट्राफिक प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार