Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पहिरोले सिद्धार्थ राजमार्ग र तानसेन–तम्घास सडक बन्द

काठमाडौं । पहिरोका कारण सिद्धार्थ राजमार्ग र तानसेन–तम्घास सडक बन्द भएको छ ।

सिद्धार्थ राजमार्गका धेरै ठाउँमा पहिरो खसेको र पाल्पा, स्याङ्जामा चल्ने गाडी चल्न नसकेको ट्राफिक प्रहरीले जनाएको छ ।

बुटवल–तानसेन खण्डमा सिद्धबाबा, गौडेपुल, चर्चरे, पानीमिललगायतका ठाउँमा पहिरो खसेको छ । त्यस्तै पाल्पाको सदरमुकाम तानसेन हुँदै गुल्मीको तम्घास खण्डमा पनि गाडी चल्न सकेका छैनन् ।

हिजो बेलुकादेखि परेको पानीले पहिरो खसेको हो । रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, बाग्लुङलगायतका जिल्लामा निरन्तर पानी परेको छ ।

पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीको भनाइ छ । पहिरो पन्छाउने प्रयास रहेपनि वर्षाले समस्या भएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077