Online Nepal
  • मंगलबार, ४ मंसिर २०८१
  • झाँक्रीले मन्त्री निवास नछाडेपछि मेटमणीलाई समस्या

    झाँक्रीले मन्त्री निवास नछाडेपछि मेटमणीलाई समस्या

    अनलाइन नेपाल
  • मंगलबार, १४ असार २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । सहरी विकासमन्त्रीको जिम्मेवारीबाट बिदा भएकी रामकुमारी झाँक्रीले मन्त्री निवास नछाड्ने भएपछि नयाँ मन्त्री मेटमणि चौधरीलाई गाडी पार्किङमा समस्या भएको छ ।

    बुद्धनगर बस्दै आएका चौधरीको डेरामा गाडी पार्किङको व्यवस्था नभएपछि मंगलबार राति मन्त्री निवास पुल्चोकमा पार्किङ गरेर पुन:डेरा फर्किएका थिए । चौधरी मन्त्री भएपनि डेरामा गाडी पार्किङको व्यवस्था नभएपछि समस्यामा परेका छन् ।



    सामान्यतयास् मन्त्री पद गएपछि लगत्तै निवास छाड्ने प्रचलन रहेपनि झाँक्रीले भने हप्ता दिनपछि मात्रै मन्त्री निवास छोडेर आफ्नो घर बानेश्वर जाने भएकी हुन् ।



    एकीकृत समाजवादीबाट राजीनामा दिएका अरु सबै मन्त्रीले मन्त्री निवास छोडेपनि झाँक्रीले नछोडेको भन्दै पार्टीभित्रै आलोचना भएको एक नेताले बताए । झाँक्रीले मन्त्रीबाट राजीनामा दिएपछि नयाँ मन्त्रीमा मेटमणि चौधरीले जिम्मेवारी सम्हालेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार