Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतको एउटा यस्तो सडक - जहाँ सडक आफैले बजाउँछ हर्न

एजेन्सी । घुम्तीहरुमा यदि गाडी चालहरुले समयमै हर्न बजाएर विपरित दिशाबाट आउँदै गरेको गाडीलाई सूचना दिएभने अर्को गाडीको चालक पनि सतर्क हुने र गाडीहरु ठोक्किने जोखिम कम हुन्छ । चालकले समयमै हर्न नबजाएकै कारण दुर्घटना नहोस् भन्नका लागि भारतमा एउटा यस्तो सडक बनाइएको छ जहाँ सडक आफैले हर्न बजाउँछ ।

पहाड तथा उपत्यकाको घुमाउरो सडकहरुमा गाडीहरु ठोक्किएर हुने दुर्घटना कम गर्नका लागि हिन्दुस्तान पेट्रोलियम तथा लिओ बर्नेटले विशेष अवधारणा विकाश गरेको हो । त्यसमा गाडीले हर्न बजाउनुको साटो सडकले नै हर्न बजाउने सिस्टम राखिएको छ ।

भारतको जम्मु काश्मीर जोड्ने राजमार्ग एनएच १ मा सबैभन्दा पहिले यो प्रविधिको विकास गरिएको हो । जम्मु काश्मीर उपत्यकामा निकै घुमाउरो सडक भएको हुँदा दुर्घटनाको उच्च जोखिम छ । त्यसैले राजमार्गमा हरेक घुम्तीहरुमा दुबैतर्फ स्मार्ट लाइफ पोलहरु राखिएको छ ।

गाडीहरु उक्त पोलको नजिक पुगेपछि सडकमा जडित सिस्टमले आफै हर्न बजाउन थाल्दछ । यसले अर्कोतर्फबाट आइरहेका चालकहरुलाई सचेत बनाउँदछ । उक्त प्रविधि जडान गरेपछि त्यस क्षेत्रमा हुने दुर्घटनामा निकै कमी आएको बताइएको छ । यो प्रविधिको सफलतासँगै भारत सरकारले यसलाई देशका अन्य सडकमा पनि जडान गर्ने सोँच बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077