Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नाइट क्लबमा २० जना मृत फेला

एजेन्सी । दक्षिण अफ्रिकाको दक्षिणी शहर पूर्वी लन्डनमा अवस्थित एक नाइट क्लबमा २० जना मृत फेला परेका छन् ।

प्रहरीका अनुसार उनीहरूको मृत्युको कारण र विवरण भने सार्वजनिक भएको छैन ।

‘हामीले पूर्वी लन्डनमा रहेको सिनरी पार्कमा रहेको स्थानीय क्षेत्रमा १७ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त गरेका छौँ।’ प्रान्तीय प्रहरी प्रमुख ब्रिगेडियर थेम्बिन्कोसी किनानाले एएफपी समाचार समितिलाई उक्त जानकारी दिए।

घटनाको वरिपरिको परिस्थितिबारे अझै अनुसन्धान गरिरहेको पनि उनले बताएका छन्। यद्यपी अझै पनि यस समाचारको विस्तृत विवरण भने प्राप्त नभएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077