Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पोखरेल अष्ट्रेलिया र रिजाल इजरायलका लागि नेपाली राजदूत नियुक्त

काठमाडौं । अष्ट्रेलियाका लागि आवासी राजदूतमा कैलाशराज पोखरेल र इजरायलका लागि नेपालको आवासीय राजदूतमा कान्ता रिजाल नियुक्त भएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार पोखरेल र रिजाललाई राजदूतमा नियुक्त गरेकी हुन् ।

‘राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा कैलाशराज पोखरेललाई अस्ट्रेलिया र कान्ता रिजाललाई इजरायलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077