Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • २०४९ सालपछि काँग्रेसले सबैभन्दा बढी सीट जितेको उपसभापति खड्काको जिकिर

    २०४९ सालपछि काँग्रेसले सबैभन्दा बढी सीट जितेको उपसभापति खड्काको जिकिर

    अनलाइन नेपाल
  • आइतबार, १२ असार २०७९
  • 864
    SHARES

    काठमाडौं । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आफुले शिर निहुरिने गरेर कहिल्यै काम नगर्ने बताएका छन् ।

    स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूलाई प्रभावकारी रुपमा जनताको पक्षमा काम गर्न आग्रह गर्दै उनले आफुले पनि कर्णालीवासी र सुर्खेती जनताको शिर निहुरिने गरी कहिल्यै काम नगर्ने बताए ।



    आइतबार वीरेन्द्रनगरमा आयोजित स्थानीय तहका निर्वाचित जनप्रतिनिधि, पार्टीका नगर सभापति, पदाधिकारी, महाधिवेशन प्रतिनिधि लगायतलाई बधाई तथा शु–भकामना कार्यक्रममा बोल्दै उनले भने, ‘निराशा र नकरात्मक सोचले पार्टीमा काम नगर्नुस् ।’



    स्थानीय तहको निर्वाचनमा काँग्रेसले पाएको जनमत गौरव गर्न लायक भएको बताउँदै खड्काले २०४९ सालपछि काँग्रेसले सबैभन्दा बढी सीट जितेको उल्लेख गरे ।

    साथै खड्काले काँग्रेस भित्रकै साथीहरूका कारण केही समस्या भएको समेत बताए । उनले भने, ‘रुख चिन्हबाहेक अन्य ठाउँमा भोट नहालेको भए ६२ प्रतिशत काँग्रेसले जित्ने आङ्कलन अहिलेको तथ्याङ्कले देखाउँछ ।

    सबै पार्टीभित्र समस्या छ । त्यो काँग्रेसमा पनि छ । पार्टीभित्रको विमत्तिलाई बहाना बनाएर कसैले पनि काँग्रेसको निर्णयका विरुद्ध, रुखबाहेक अन्य पार्टीमा भोट हाल्न लगाउने कुरा उचित हुँदैन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार