Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चन्द्रागिरीको जङ्गलबाट तीन जना बिदेशी नागरिकको उद्धार

काठमाडौं । चन्द्रागिरीको जङ्गलबाट तीन जना बिदेशी नागरिकहरुको उद्धार गरिएको छ ।

प्रहरी बृत्त थानकोटबाट खटिएको टोलीले उनीहरुको उद्धार गरेको हो ।

प्रहरी प्रभाग सानेपाबाट असार ११ गते चन्द्रागिरीको जङ्गलमा विदेशी नागरिक हराई रहेको भन्ने सूचना प्रहरी बृत्त थानकोटमा आएपछि तुरुन्तै खोजि कार्य अगाडी बढाइएको थानकोट प्रहरीले जनाएको छ ।

प्रहरीले अमेरिका पोटोरिकोका बर्ष ३४ का डग्लस रो, भारत चन्डिगढका बर्ष ३० का नवप्रित डिलोन र भारत मुम्वाइका बर्ष २९ का माधव गुप्‍तालाई उद्धार गरेको हो । तिनै जनालाई उद्दार गरी साथीहरुको जिम्मा लगाइएको प्रहरी बृत्त थानकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077