Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानन्यायाधीश जबरामाथिको महाअभियोग प्रस्ताव समितिमा पठाउन एमाले सांसद अधिकारीको माग

काठमाडौं । गत फागुनमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लगाएको महाअभियोग प्रस्ताव समितिमा पठाउन एमाले सांसद खगराज अधिकारीले माग गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै अधिकारीले महाअभियोग प्रस्ताव संसदीय समिति लगेर छानबिन नगरिए त्यो संविधानको दुरुपयोग हुने बताए ।

प्रधानन्यायाधीश जबरामाथिको सत्तारुढ गठबन्धनका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गरेका छन् ।

महाअभियोग प्रस्ताव दर्ता हुनेबित्तिकै जबरा निलम्बनमा परेका छन् । गत फागुनमै जबरामाथि महाअभियोग लगाएको भएपनि त्यस अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077