Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक आइतबार दिउँसो १ बजे बस्न लागेको हो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एउटा वार्षिक प्रतिवेदन, दुईवटा विधेयक पेस गर्ने तथा एउटा सम्झौतामा छलफल गर्ने सम्भावित कार्यसूची छ।

देउवाले 'लोक सेवा आयोगको ६२औं वार्षिक प्रतिवेदन (२०७७ साउन- २०७८ असार)' पेस गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै, प्रधानमन्त्री देउवाले नै राष्ट्रिय सभामा उत्पत्ति भएको 'नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ माथि विचार गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै, 'लोक सेवा आयोग विधेयक, २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

यसैगरी, वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले 'ग्लोबल ग्रिन ग्रोथ इस्टिच्युटको सहभागितामूलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077