काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले स्थानीय तहमा जस्तो प्रदेश र संघको निर्वाचनमा नेपाली कांग्रेसको चलाखी नचल्ने बताएका छन् ।
शनिबार सिन्धुपाल्चोकको चौतारामा आयोजित एक कार्यक्रममा उनले स्थानीय निर्वाचनमा कांग्रेसले आफूले जित्ने ठाउँमा माओवादीलाई अरूसँग गठबन्धन गर्न नदिने, माओवादीले जित्ने ठाउँमा अरूसँग गठबन्धन गर्ने, आफूले जित्ने ठाउँमा एक्लै प्रतिस्पर्धा गर्ने र जसरी हुन्छ जित्ने चलाखी गरेको जिकिर गरे ।
अब आउने निर्वाचनमा कांग्रेसको त्यस्तो चलाखी चल्दैन, पुनले भने ।
यद्यपि, अझै पनि कांग्रेससँगको गठबन्धनको औचित्य नसकिएको उनले उल्लेख गरे । अहिलेकै गठबन्धनलाई निरन्तरता दिने पक्षमा आफूहरू रहे पनि सम्मनजनक नभए गठबन्धन टुट्न पनि सक्ने उनले चेतावनी दिए ।