Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

कांग्रेसकै कारण पाँच दलको गठबन्धन टुट्ने वर्षमानको दावी

सिन्धुपाल्चोक । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आगामी हुने निर्वाचनमा पाँच दलीय गठबन्धन कायम रहने संभावना न्यून रहेको बताएका छन् ।

स्थानीय तह निर्वाचनमा कांग्रेसले आफूलाई फाइदा हुने र गठबन्धनका अरु दललाई घाटा हुने गरी चलाखी गरेको भन्दै उनले गठबन्धन कायम रहन नसक्ने चेतावनी दिएका हुन् ।

शनिबार सिन्धुपाल्चोकमा आयोजित एक कार्यक्रममा गठबन्धन सम्मानजनक हुनुपर्ने भन्दै उनले त्यसो नभएमा टुट्न सक्ने बताए । अब आउने निर्वाचनमा कांग्रेसको त्यस्तो चलाखी नचल्ने उनले दावी गरे ।

आगामी निर्वाचनमा बाम गठबन्धनको चर्चा चले पनि ओली प्रवृत्ति रहेसम्म त्यो संभावना नरहेको उनले बताए ।

कांग्रेससँगको गठबन्धन तोडिएर वाम गठबन्धनको चर्चा चलिरहेका बेला उनले त्यो हुने सम्भावना पनि कम रहेको बताएका हुन् । नेता पुनले एमालेका अध्यक्ष केपी शर्मा ओलीको कारण वाम गठबन्धनको सम्भावना नरहेको बताएका हुन् ।

ओली प्रवृत्तिको कारण संविधान र लोकतन्त्र नै खतरामा परेको अवस्थामा वर्तमान गठबन्धन बनेको र यो अझै जरुरी रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077