Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चीनका राष्ट्रपति सी हङकङ भ्रमणमा

एजेन्सी । चीनका राष्ट्रपति सी चिनफिङ हङकङ भ्रमणको तयारीमा छन् । बेलायतले हङकङ शहर चीनलाई हस्तान्तरण गरेको २५ औँ वार्षिकोत्सवका अवसरमा आगामी साता आयोजना हुने बैठकमा सहभागी हुन उनी हङकङ भ्रमणमा निस्कन लागेका हुन् ।

कोभिड–१९ को महामारीपछि मुख्य भूमि चीनबाट उनको यो पहिलो भ्रमण हो । राष्ट्रपति सीको उपस्थितिमा हुने भव्य समारोहमा हङकङ शहरका नयाँ नेता जोन लीले शपथ लिने कार्यक्रम रहेको समाचार एजेन्सी सिह्वाले जनाएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी हङकङ विशेष प्रशासनिक क्षेत्रको छैटौं कार्यकालको उद्घाटन समारोहमा पनि सहभागी हुने छन् ।

हङकङका अधिकारीहरूले कोभिड–१९ को महामारी प्रतिबन्ध र सुरक्षा कारण जनाउँदै नयाँ नेता लीको शपथ ग्रहण समारोहको समाचार सङ्कलन गर्न केही सञ्चार गृहमाथि प्रतिबन्ध लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077