Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माधवकुमार नेपाल ‘माकुरी जालमा’ परेको एमालेले नेता बास्कोटाको टिप्पणी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ‘माकुरी जालमा’ परेको एमालेले नेता गोकुल बास्कोटाले टिप्पणी गरेका छन्।

एकीकृत समाजवादीभित्र मन्त्री हेरफेरको विषय पेचिलो बन्दै गएपछि नेता बास्कोटाले गएराति ट्वीट गर्दै यस्तो टिप्पणी गरेका हुन्।

अध्यक्ष नेपालको निर्णय मन्त्रीहरूले नमानेकोतर्फ संकेत गर्दै उनले लेखेका छन्, ‘माकुराको बच्चाले जालोमा शिकार नपरेपछि अन्तिममा आफ्नै माउको शिकार गरेर पेट भर्छ। शिखण्डीको भरिया बन्याथ्यो। बल्ल पर्‍यो नीरमाया माकुरी जालैमा’

एकीकृत समाजवादीले बहालवाला मन्त्री फिर्ता गर्ने र नयाँ पठाउने निर्णय गरेको तीन साता बितिसके पनि कार्यान्वयन हुन छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077