Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पोखरा महानगर-२५ सुइखेत डुबानमा, चार सय जनाको उद्दार

कास्की । गए रातिदेखि परेको अविरल वर्षाले पोखरा महानगरपालिकाको वडा नम्बर २५ का विभिन्न ठाउँमा पहिरो जानुका साथै बस्ती डुबानमा परेको छ।

राति २ बजे पहिरो जाँदा पोखरा २५ स्थित सुइखेत डुबानमा परेको हो । राति नै चार सयजनाको उद्दार गरिएको छ । कास्की प्रहरी प्रमुख रमेश थापाका अनुसार १५० घरका चार सयजनालाई उद्दार गरिएको हो ।

उनीहरुलाई अहिले सुरक्षित स्थानमा सारिएको छ । मानवीय क्षति नभए पनि बाख्रासहितको टहरो पहिरोले पुरेको छ ।

पोखरा २५ सुईंखेत क्षेत्रमा पहिरो झरेर खोला थुनिएको थियो । शुक्रबार साँझदेखि अविरल वर्षा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077