Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • रवि लामिछानेलाई युटूबर देउजाको प्रश्न – अब राजनीति गर्न पनि जनताले चन्दा दिनुपर्ने ?

    रवि लामिछानेलाई युटूबर देउजाको प्रश्न – अब राजनीति गर्न पनि जनताले चन्दा दिनुपर्ने ?

    अनलाइन नेपाल
  • शनिबार, ११ असार २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेर चुनावमा होमिएका रवि लामिछानेमाथि युटूबर सन्तोष देउजाले टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै लामिछानेमाथि विभिन्न प्रश्न उठाएका गरेका हुन् ।

    देउजाले रविलाई शुभकामना दिँदै लेखेका छन् ”परिवारवादको नाममा निषेध, संगठन बिनाको पार्टी, जनताबाट चन्दा जस्ता गैर राजनैतिक तर्कलाई समर्थन छैन । उनले अगाडि लेखेका छन् रवि लामिछाने जतिबेला सम्म पत्रकार थिए मैले कहिल्यै उनका बारेमा आलोचना गरिन ।



    उनको पत्रकारिताको म सबैभन्दा ठुलो प्रशंसक थिए । व्यक्तिगत रुपमा उनी प्रति मेरो कुनै प्रतिशोध छैन । तर अहिले उनी कुनै दलको नेता हुन् । दलका नेतालाई प्रश्न गर्न र फरक मत राख्न उनैले सिकाएका हुन। पार्टी भनेको विचार हो ।”



    उनले प्रश्न गर्दै भने खै आफ्नो पार्टीको विचार र सिन्द्धान्तलाई प्रष्टसंग राखेको ? संघियता, गणतन्त्र, धर्मनिरपेक्षता, लेफ्टिष्ट वा राईटिष्ट, राजतन्त्र जस्ता वर्तमान नेपाली राजनीतिका मुलभुत बिषयमा पार्टीको बटम लाईन खै ? लगायतका प्रश्न उनले रविमाथि तेस्र्याएका छन् ।

    सञ्चारकर्म छाडेर राजनीतिमा लागेका रवि लामिछानेले यही असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए ।

    यस्तो छ देउजाको स्ट्याटस :

    रवि लामिछाने जतिबेला सम्म पत्रकार थिए मैले कहिल्यै उनका बारेमा आलोचना गरिन। उनको पत्रकारिताको म सबैभन्दा ठुलो प्रशंसक थिए। व्यक्तिगत रुपमा उनी प्रति मेरो कुनै प्रतिशोध छैन । तर..
    अहिले उनी कुनै दलको नेता हुन् । दलका नेतालाई प्रश्न गर्न र फरक मत राख्न उनैले सिकाएका हुन। पार्टी भनेको विचार हो। खै उनले आफ्नो पार्टीको विचार र सिन्द्धान्तलाई प्रष्टसंग राखेको ? संघियता, गणतन्त्र, धर्मनिरपेक्षता, लेफ्टिष्ट वा राईटिष्ट, राजतन्त्र जस्ता वर्तमान नेपाली राजनीतिका मुलभुत बिषयमा पार्टीको बटम लाईन खै ?
    अनि उनको पछि लागिदिनु पर्ने ?
    रवि दाई, हाई हाई भनिदिनु पर्ने ?
    कहिले राजावादीसंग नेगोसेशन, कहिले गणतन्त्रवादीसंग बार्गेनिङ्ग ?
    कतैबाट भने जस्तो नभएपछि स्वतन्त्रको नाममा हुज्जत देखाएर उनलाई जनताले चन्दा दिएर नेता बनाईदिनु पर्ने ?
    बस्ति बनाउन जनताले चन्दा दिएर उनलाई हिरो बनाए,
    हस्पिटल बनाउन जनताले चन्दा दिएर उनलाई हिरो बनाए,
    अब राजनिति गर्न जनताले चन्दा दिनु पर्ने ?
    आफ्नै दाईको चित्त बुझाउन नसक्नेबाट हामीले कति धेरै अपेक्षा गर्ने ?
    परिवारवादको बिरोध गर्ने तर घरबाट निस्केदेखि घोषणासभा, भाषण र निर्वाचन आयोगको कार्यालयसम्म श्रीमती च्यापेर फरियावादलाई प्रोत्साहन गर्ने ?
    अवधारणाको नाम दिएर पब्लिकलाई ७ बुँदामा भ्mयतष्यलब िद्यबिअफबष् िगर्ने ?
    राम्रो गर्नुस् शुभकामना छ, तर परिवारवादको नाममा निषेध, संगठन बिनाको पार्टी, जनताबाट चन्दा जस्ता गैर राजनैतिक तर्कलाई समर्थन छैन। मलाई राम्रोसंग थाहा छ, के लेख्दा गाली र ताली आउछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार