Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • हामीले प्रचण्डलाई लखेटेको होइन : केपी ओली

    हामीले प्रचण्डलाई लखेटेको होइन : केपी ओली

    अनलाइन नेपाल
  • शुक्रबार, १० असार २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल इमानदार नभएकाले नेकपा विभाजन भएको आरोप लगाएका छन् ।

    अध्यक्ष ओलीले प्रचण्डसँग पार्टी एकता नै गरिएको तर इमान्दारिता साथ काम नगर्दा पार्टीले विभाजन बेहोर्नु परेको बताएका हुन् । शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।



    नेता ओलीले पुष्पकमल दाहाललाई लक्षित गर्दै उनले प्रतिक्रियावादीसामु अर्पण गर्दा आफूलाई दुस्खी बनाएको गुनासो पनि गरेका थिए । पार्टी एकताका बेला दिएको सिट संख्यालाई दाहालले चरम दूरुपयोग गरेको ओलीको आरोप थियो ।



    ‘हामीले प्रचण्डलाई लखेटेको होइन । प्रचण्डसँग त एकता नै गरिएको हो । तर प्रचण्डले एकता गर्दा पनि इमान्दारिताका साथ गर्नु भएन । एकतावद्ध रहँदा पनि इमानका साथ काम गर्नु भएन । र बेइमानपूर्ण ढंगले हट्नुभयो । एकताको निम्ति बनाइदिएको कमिटी, एकताको निम्ति दिइएको संख्या त्यसलाई यति चरम दूरुपयोग गर्नु भयो कि पार्टीको अध्यक्षलाई साधारण सदस्यबाट निश्कासन गर्नु भयो । पार्टी अध्यक्षमाथि गम्भीर आरोपको पुलिन्दा बनाउनु भयो उहाँले । र ती आरोपका साथ पार्टी विभाजनको खेती गर्नु भयो उहाँहरूले,’ अध्यक्ष ओलीले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार