Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एकता जोगाउनु पर्छ भन्ने पक्षमा रहेको बेला प्रचण्डले आफूलाई सिध्याउन खोजे : केपी ओली

काठमाठौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओलाई चाङको थाओले सिध्याउन खोजे जसरी पार्टी एक हुँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई सिध्याउन चाहेको आरोप लगाएका छन् ।

काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले लङ् मार्चका क्रममा चिनियाँ क्रान्तिका नेता माओलाई लङ मार्चका क्रममा चाङको थाओले मार्न खोजे जसरी आफूलाई पनि पार्टी एक हुँदा प्रचण्डले सिध्याउन खोजेको आरोप लगाएका हुन् ।

आफू पार्टी बनाउनु पर्छ, एकता जोगाउनु पर्छ भन्ने पक्षमा रहेको बेला प्रचण्डले आफूलाई सिध्याउन खोजेको ओलीको भनाइ थियो ।

ओलीले प्रचण्डलाई चाङको थाओसँग तुलना गर्दै आफूलाई सिध्याउन खोज्ने प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालहरु समाप्त भएको समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077