काठमाडौं । नेपाल प्रहरीमा डीआईजी बढुवा सिफारिस भएसँगै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा ३२ वटा दरबन्दी रिक्त भएको छ ।
असार ८ मा गृहसचिव नेतृत्वको बढुवा समितिले १७ जना एसएसपीलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरेको थियो । सो सिफारिसअनुसार एक सातापछि गृहमन्त्रीले डीआईजी पदमा नियुक्त गर्ने कानुनी व्यवस्था छ ।
डीआईजी सिफारिस गरेसँगै प्रहरीको जनपदतर्फ ३२ वटा एसएसपीको दरबन्दीमा बढुवा हुन तिब्र प्रतिस्पर्धा शुरु भएको छ । प्रतिस्पर्धामा राष्ट्रिय अनुसन्धानबाट सेवा परिवर्तन गरेर प्रहरीमा आएका र २०५४ मा सेवा प्रवेश गर्नेहरुको बीचमा प्रतिस्पर्धा छ ।
कञ्चनपुरमा हत्या गरिएकी निर्मला पन्त प्रकरणमा निलम्बन परेर मुद्दा जितेका एसपी डिल्लीराज विष्ट पनि बढुवाको प्रतिस्पर्धामा छन् । २०५१ चैत ५ मा सेवा प्रवेश गरेका विष्ट बरियता सूचीको पहिलो नम्बरमा छन् । राष्ट्रिय अनुसन्धानबाट आएका अधिकृतहरु बरियताको सूचीमा अगाडि छन् ।