Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

राजनीतिमा राम्रो गर्छु भनेर स्वतन्त्र युवाहरूको लहर आउनु स्वाभाविक हो : अध्यक्ष ओली

काठमाडौं । स्वतन्त्र उम्मेदवारहरुले चुनाव जित्नु र राजनीतिमा स्वतन्त्र युवाहरूको लहर आउनुलाई स्वाभाविकरूपमा लिनुपर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले स्थापित राजनीतिक दलहरू युवाको भावनासम्म पुग्न नसकेकाले क्षति भर्नका लागि नयाँ मानिस आउने बताए ।

ओलीले मुलुकमा आज पनि मुख्य पार्टी एमाले र कांग्रेस नै रहेको भन्दै उनीहरूले राम्रो काम नगर्दा यो भन्दा राम्रो गर्छु भनेर आउनेलाई रोक्न नहुने उनले बताए ।

ओलीले स्वतन्त्रहरूको एउटा लहर आएको भन्दै भेलमा माछा समाउँछु भन्नेहरू पनि यसमा मिसिएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077