Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बैंकिङ कसुर मुद्दामा फरार युवक पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार युवकलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–५ घर भई कोटेश्वर बस्ने २८ वर्षीय अरुण खड्का छन् ।

प्रतिवादीलाई असार ८ मा बानेश्वरस्थित तीनकुनेबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

उच्च अदालत पाटनले २०७८ चैत ७ मा उनलाई ४ दिन कैद र १० लाख जरिवाना हुने फैसला गरेको थियो । फैसलापछि उनि फरार थिए । २०७७ भदौमा उनले दिएको प्रभु बैंकको चेक बाउन्स भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077