Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल एयरलाइन्सको अस्थायी महाप्रवन्धकमा पाइलट दीपु ज्वारचन नियुक्त

ठमाडौं । नेपाल एयरलाइन्समा कार्यकारी अध्यक्ष र महाप्रवन्धक पद दुवै रिक्त रहेको अवस्थामा नेतृत्व सम्हाल्ने गरी सरकारले वरिष्ठ क्याप्टेन दीपु ज्वारचनलाई जिम्मेवारी तोकेको छ ।

सरकारले युवराज अधिकारीलाई कार्यकारी अध्यक्ष र डिमप्रकाश पौडेललाई महाप्रबन्धनबाट बर्खास्त गरेसँगै नेतृत्वविहीन बनेको निगममा ज्वारचन महाप्रबन्धक नियुक्त भएका हुन् ।

भ्रष्टाचार गरेको आरोप लागेका अधिकारीलाई सोमबार बसेको मन्त्रिपरिषदले कार्यकारी प्रमुखबाट बर्खास्त गरेको थियो । त्यसैगरी निगमलाई निजी क्षेत्रलाई बेच्ने निर्णय गरेका पौडेललाई २३ जेठमा बसेको मन्त्रिपरिषद बैठकले बर्खास्त गरेको थियो ।

नेपाल एयरलाइन्सको नेतृत्व खाली रहेको अवस्थामा संस्थालाई नेतृत्व गर्न मन्त्रिपरिषद्‍बाट उनलाई अस्थायी महाप्रवन्धक नियुक्त गरिएको हो ।नेतृत्वमा रहँदा समेत उनले जहाजका चालकका हैसियतमा समेत काम भने गर्न पाउने भएका छन् । सरकारले युवराज अधिकारीलाई निलम्बन गरेसँगै यो पद रिक्त रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077