Online Nepal
  • मंगलबार, २३ पुष २०८१
  • म्याद सकिएका औषधिमा नक्कली लेबल टाँसेर विक्री गर्ने तीनजना पक्राउ

    म्याद सकिएका औषधिमा नक्कली लेबल टाँसेर विक्री गर्ने तीनजना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ९ असार २०७९
  • 756
    SHARES

    बुटवल । म्याद सकिएका औषधि तथा पोषणयुक्त सामग्रीमा नक्कली प्रिन्ट लगाएर बजारमा विक्री वितरणका लागि लैजाने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    बुटवल उपमहानगरपालिका–७, दीपनगरमा सञ्चालित बर्तोली प्रिन्टर्सको गोदाममा म्याद सकिएका औषधि र पोषणयुक्त सामग्रीमा नक्कली प्रिन्ट (लेबल) टाँसेर विक्री वितरण गर्ने गरेको पाइएपछि प्रहरीले त्यसका सञ्चालक तीन जनालाई पक्राउ गरिएको जनाएको छ ।



    प्रहरीकाअनुसार पक्राउ पर्नेमा बैतडी जिल्लाको नागार्जुन गाउँपालिका–२ का २८ वर्षीय प्रकाश भण्डारी, वडा नम्बर– ३ का २३ वर्षीय महेश भण्डारी र सोही पालिका–११ का २६ वर्षीय हरिश भण्डारी छन् ।



    प्रहरीले गोप्य सूचनाका आधारमा उक्त स्थानमा खानतलासी गरिएको र म्याद सकिएका औषधिमा नक्कली स्टिकर लगाएको पाइएको जनाएको छ ।उक्त गोदामबाट पोषणयुक्त २ सय कार्टुन सामग्री र अन्दाजी २५ लाख मूल्य बराबरको एक थान प्रिन्टिङ मेसिनसमेत बरामद गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार