Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुर्खेत जीप दुर्घटना मृत्यु : मृतक व्यक्तिको पहिचान खुल्यो

सुर्खेत । बुधबार दिउँसो वीरेन्द्रनगरको कपासेमा जीप दुर्घटनामा मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा रुकुम पश्चिम चौरजहारी नगरपालिका-२ का २८ वर्षीय धर्मराज बुढाथोकी रहेका छन् । उनको घटना स्थलमै मृत्यु भएको थियो ।

वीरेन्द्रनगर नगरपालिका-१४ रातानाङ्गलामा रहेको मौसमी राडरको मर्मतमा सकेर वीरेन्द्रनगरतर्फ फर्किँदै गरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुर बाँकेको गाडी कपासेदेखि माथिल्लो मोडमा दुर्घटनामा परेको थियो ।

बा१झ ८७८४ नम्बरको बोलेरो जीपमा सडकबाट करिब २० मिटर तल खसेको थियो । दुर्घटनामा चार जना घाइते छन् । उनीहरूको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077