Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • रेल कर्मचारीको तलब बढाउन माग गर्दै बेलायतमा हडताल

    रेल कर्मचारीको तलब बढाउन माग गर्दै बेलायतमा हडताल

    अनलाइन नेपाल
  • बुधबार, ८ असार २०७९
  • 1.3K
    SHARES

    एजेन्सी । बेलायतमा हजारौं रेल कर्मचारीले तलब बढाउनुपर्ने र काम गर्ने वातावरणमा सुधार गर्नुपर्ने माग राख्दै मंगलबार हडताल गरेका छन्।

    यो ३० वर्षयताकै ठूलो रेल हडताल भएको बताइएको छ। हडतालका कारण देशभर रेल सेवा अवरुद्ध भए।



    दशौं हजार कर्मचारी तलब र जागिरको विवादमा हडतालमा उत्रिएपछि बेलायती अर्थतन्त्रमा व्यापक क्षति पुग्ने देखिएको छ।



    हडताल स्थगित गराउनका लागि भएको अन्तिम वार्ता पनि सफल नभएपछि नेशनल युनियन अफ रेल मारिटिम (आरएम टी) रेल युनियनका ४० हजारभन्दा बढी सदस्यहरू तीन दिनको हडतालमा उत्रिएका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार