Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अपहरण गरी बन्धक बनाएको आरोपमा ३ जना पक्राउ

मकवानपुर । अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले मकवानपुर बाट ३ जनालाई पक्राउ गरेको छ । एक पुरुषलाई अपहरण गरी हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० स्थित होटल एण्ड लजमा बन्धन बनाएको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित ट्राभल होटल एण्ड लजको रुम नम्वर १०७ मा एक पुरुषलाई बन्धक बनाई राखेको अवस्थामा वीरगन्जका अमनकुमार श्रीवास्तवको उद्दार गरी अन्य तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा हेटौंडा–१५ बस्ने २९ वर्षीय सुरेश लामा, हेटौंडा–१२ बस्ने २१ वर्षीय समिर बल र २८ वर्षीय अशोक लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुलाई पर्साको वीरगंज महानगरपालिका वडा नम्वर–१९ बस्ने २७ वर्षीय श्रीवास्तवलाई आरोपीहरुले हेटौंडाबाट समातेर बन्धक बनाएका थिए । उनीहरुले श्रीवास्तवलाई बन्दक बनाएपछि उनको घरमा फोन सम्पर्क गर्न लगाई पैसा माग गरेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077