काठमाडौं । प्रेमीसँग विवाह गर्नका लागि अपहरणको नाटक गर्ने कृष्णकुमार शर्मा पक्राउ परेका छन् । दुई सन्तानका बाबु रहेका शर्माले विवाह गर्न रकम नभएपछि अपहरणको नाटक गरी आफ्नै परिवारसँग २० लाख रुपैयाँ फिरौती रकम माग गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय मोरङको सन्वयमा बिराटनगरबाट पक्राउ परेका शर्माको दुई सन्तान रहेको प्रहरी अनुसन्धाबाट खुलेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले असार ५ गते सप्तरीको राजगणढ–३ घर भई ललितपुरको इमाडोलमा बस्ने ३१ वर्षीय कृष्ण कुमार शर्मालाई विराटनगरबाट पक्राउ गरेको हो ।
आफू विवाहित भएपनि उनले प्रेमीसँग विवाह गर्नकै लागि परिवारसंग रकम माग गरेको खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । टिकटक चलाउने क्रममा एक युवतीसँग उनको प्रेम भए पछि विवाह गर्नको लागि पैसा आवश्यक परेकाले अपहरणको नाटक गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ।
उनले असार १ गते परिवारलाई आईएमईबाट रकम पठाउँछु भनी डेराबाट हिडेको र पछि मोबाइल स्वीच अफगरी परिवारसँग नै फिरौति रकम माग्न अपरहणको नाटक गरेका थिए ।
पक्राउ परेका उनीमाथि सार्वजनिक उपद्य्राईं गर्न नहुने कसूर अन्तर्गत थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी बृत्त सातदोबाटो ललितपुर पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।