Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जनकपुरधामस्थित एक होटलमा आगलागीबाट १५ लाखभन्दा बढीको क्षति

जनकपुरधाम । जनकपुरधामस्थित एक होटलमा भीषण आगलागी भएको छ।

मंगलबार बिहान जनकपुरधाम उपमहानगरपालिका-४ स्थित भैरवचोकमा रहेको बाँसबारी होटल एण्ड क्याफेमा आगलागी हुँदा सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ।

स्थानीय भरत साहले सञ्चालन गरेको सो होटलको भान्साघरबाट लागेको आगो होटलको चारैतिर फैलिएको थियो।

आगलागीबाट १५ लाखभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077