Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • परराष्ट्रमामिलामा कार्ड खेल्न नहुने एमाले अध्यक्ष ओलीको भनाइ

    परराष्ट्रमामिलामा कार्ड खेल्न नहुने एमाले अध्यक्ष ओलीको भनाइ

    अनलाइन नेपाल
  • मंगलबार, ७ असार २०७९
  • 711
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपालले परराष्ट्रमामिलामा कार्ड खेल्न नहुने नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

    काठमाडौंमा पूर्वराजदूतहरूको समूहले नेपालको परराष्ट्रमामिलाबारे गरेको अन्तरक्रियामा ओलीले छिमेक सम्बन्धनमा कार्ड खेल्दा नेपाल फस्ने बताएका हुन् ।



    छिमेकीसँग एउटा कुरा गर्ने र बाहिर अर्को कुरा गर्दै पृथ्वीनारायण शाहले भनेझैं दुई ढुंगाबीचको तरुलका रूपमा नै नेपाल रहिरहने उनको भनाइ थियो । छिमेकी देशसँग रहेका मतभेदहरू कुराकानीबाट सुल्झाउनुपर्ने पनि ओलीले बताए ।



    कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायतका सीमा विवादसम्बन्धी समस्या खुलस्त छलफलबाटै समाधान गरिनुपर्ने पनि उनले बताए । कुनै मुलुक जनसंख्या र भूगोलमा सानो हुनसक्ने भए पनि हरेक मुलुकको सार्वभौमसत्ता समान हुने भएकाले नेपालले हिनताबोध नगरी विश्वका सबै मुलुकसँग स्वाभिमानपूर्वक संवाद गर्नसक्ने पनि स्पष्ट गरे ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार