Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा काठमाडौंबाट तीनजना पक्राउ

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा काठमाडौंबाट तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका घर भएका ३७ वर्षीय बिकाश अमगाईं, भिमसेनथापा गाउँपालिका घर भएका ४० वर्षीय मोहन पुडासैनी र काभ्रेको पनौती नगरपालिका घर भएका ३७ वर्षीय राज कुमार हुमागाईं रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार आरोपीहरुले आफ्नै शैक्षिक प्रमाणपत्र किर्ते गरेर पेश गर्ने गरेको अनुसन्धानबाट पुष्टि भएको छ ।

उनीहरु तीनै जनालाई लिखत सम्बन्धी कसुरमा थप अनुसन्धान गर्न प्रहरी परिसर काठमाडौंमा पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077