Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • प्रदेशसभामा कर्मचारी नियुक्त गर्दा करिब २३ लाख रकम अनियमितता

    प्रदेशसभामा कर्मचारी नियुक्त गर्दा करिब २३ लाख रकम अनियमितता

    अनलाइन नेपाल
  • सोमबार, ६ असार २०७९
  • 810
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेश सभामा कर्मचारी नियुक्त गर्दा लाखौँको अनियमितता भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
    आर्थिक वर्ष २०७७/०७८ को प्रारम्भिक प्रतिवेदनमा प्रदेश सभा सचिवालयले कर्मचारी भर्ना गर्दा नियम मिचेर लाखौँको अनियमितता गरेको उल्लेख गरेको हो ।

    महालेखा नियन्त्रकको कार्यालयले प्रदेश सभा सचिवालयमा जेठ ८ गते पठाएको पत्रमा करिब २३ लाख रकम अनियमितता गरेको उल्लेख गरेको छ । २०७७र०७८ मा प्रदेश सभा सचिवालयका तत्कालीन सचिव रामसिंह धामीले १३ जना कर्मचारीलाई नियुक्त गरेका थिए । ३६ जना दरबन्दी रहेको प्रदेश सभा सचिवालयमा अहिले ९ जना मात्रै कर्मचारी छन् ।



    कर्मचारी अभाव भएको भन्दै सचिवले पहिलो चरणमा १३ जना र दोस्रो चरणमा ८ जना कर्मचारी नियुक्त गरेका थिए । महालेखा नियन्त्रकको कार्यालयको कार्यालयले उनीहरूलाई नियुक्त गर्दा प्रक्रिया पुरा नगरेको भन्दै उनीहरूलाई दिइएको पारिश्रमिक बराबरको रकम अनियमितता भएको प्रस्ट पारेको हो ।



    सचिव धामीले दरबन्दीमा नरहेका पदहरूमा पनि कर्मचारी भर्ना गरेका हुन् । उनले कम्प्युटर अपरेटरमा पाँचौँ तहमा २५ हजार पारिश्रमिक पाउने गरी ४ जना, इलेक्ट्रिसियनमा २३ हजार पारिश्रमिक पाउने गरी १ जना, २५ हजार पाउने गरी क्यामेरामेन, एक जना २५ हजार पारिश्रमिक पाउने गरी फोटोग्राफर राखेका छन् ।धामीले ८ जना कार्यालय सहयोगी मात्रै नियुक्त गरेका छन् ।अहिले २४ जना कर्मचारी प्रदेश सभामा विना प्रक्रिया नियुक्त भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार