काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले बागमतीसहित नदी करिडोरमा वत्ती जडान गरिने बताएका छन्।
महानगरपालिका पूर्वाधार समन्वय बैठकमा बोल्दै मेयर शाहले बागमती झलमल्ल बनाउने र बागमतीलगायत उपत्यकाका नदीमा फोहोर फाल्नेलाई समात्न सिसिटिभी क्यामेरा जडान गरिने पनि बताएका हुन् ।
‘बागमती झलमल्ल होस्। बेलुका फोहोर फाल्नेलाई समात्न ट्राफिकसँग समन्वय गरेर सिसिटिभी जडान गर्नुपर्छ। यसमा सरोकारवाला निकायको सुझाव र सहयोग चाहिन्छ,’ उनले भने।
‘बागमती एक हप्ता सफा गर्यो, फेरि जस्ताको तस्तै हुन्छ। सफाइ अभियानलाई नियमित गर्नुपर्छ। मेयर लगायत सरोकारवाला सबैको सहयोग चाहिन्छ। फोहोर फाल्नेलाई तत्काल कारवाही गर्नुपर्छ,’ उनले भने।