काठमाडौं । गतिशील बैंकिङ्गको अभ्यास गर्दै समयअनुरुप ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याएर आम ग्राहकहरुको मन जित्न सफल एनआईसी एशिया बैंकले नयाँ योजना सार्वजनिक गरेको छ ।
एनआईसी एशिया बैंकले अहिले आफ्ना ग्राहकहरुलाइ लक्षित गरी अनलाइनमार्फत नै तर डेबिट कार्ड (ATM) का लागि आवेदन दिन सक्ने योजना सार्वजनिक गरेको हो ।
एनआईसी एशिया बैंकमा खाता भएर पनि डेबिट कार्ड नलिएका ग्राहकहरुले अब सहजै अनलाइनबाट डेबिट कार्डको आवेदन दिन सक्ने बैंकले जनाएको छ । एनआईसी एशिया बैंकको आईसर्भ (iserv) मार्फत नयाँ डेबिट कार्डका लागि सहजै निवेदन दिन सकिने छ ।
सर्वाधिक उच्च ब्याजदर सहित पाँच वर्षका लागि चार जनालाई ८४ लाखसम्मको निःशुल्क तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र पाँच वर्षका लागि निःशुल्क १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू समेतको ‘सर्वश्रेष्ठ वचत खाता’ सञ्चालनमा ल्याएर ग्राहकहरुको मन जितेको एनआईसी एसिया बैंकले समयअनुरुप ग्राहकमैत्री आकर्षक योजनाहरू सार्वजनिक गरिरहेको छ ।
३६५ दिन नै सेवा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंक नेपालकै सबैभन्दा ठूलो र विश्वाशिलो बैंक बन्न सफल भएको पनि बैंकको दावी छ ।
बैंकले तेस्रो त्रयमाससम्ममा सार्वजनिक गरेको वित्तीय विवरण अनुसार २७ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी स्व–पूँजीमा प्रतिफल रहेको अनुमान बैंकले गरेको छ ।
बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् । यस बैंकले आ.व. २०७८/७९ को तेस्रो त्रयमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम रू. २७४.७४ अर्ब पुर्याउन सफल भएको छ भने निक्षेपतर्फ कुल निक्षेप संकलन रू. ३०२.८१ अर्ब पुर्याउन सफल भएको छ ।
मुलुकभर फैलिएका शाखा सञ्जालहरूमार्फत सेवा प्रदान गरिरहेको बैंकले यस त्रयमासमा खुद मुनाफातर्फ रू. ३.६० अर्ब आर्जन गर्न सफल भएकोे छ । जुन वार्षिक विन्दुगत आधारमा २० प्रतिशतको वृद्धि हो । त्यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल (RoE) २१.४६ प्रतिशत रहेको छ, जुन २७ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ ।
साथै, यस बैंकले वार्षिक प्रति शेयर आम्दानी रू. ४१.९४ आर्जन गर्न बैंक सफल भएको छ, २७ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । बैंक कोभिड–१९ को विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई तेस्रो त्रयमाससम्ममा ०.५१ प्रतिशतमा सीमित राख्न सफल भएको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, ९८ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५५ जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ ।
उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू. २ अर्ब ८३ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०५ भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२५ शाखा कार्यालयहरू स्थापना गरेको छ ।
Leave a Reply